+
+

भारतको विद्युत् संकट र नेपाल प्रभाव

श्याम कृष्ण कार्की श्याम कृष्ण कार्की
२०७९ वैशाख १८ गते १३:४७

छिमेकी राष्ट्र भारतमा उच्च गर्मीका कारण विद्युत संकट पैदा भएको छ । भीषण गर्मीले विद्युतको माग ३० देखि ४० प्रतिशत ह्वात्तै बढ्दा विद्युतको माग र आपूर्तिबीचको सन्तुलन बिगि्रएको छ । अहिले भारतका विभिन्न १३ राज्यहरुमा २ घण्टादेखि १६ घण्टासम्म विद्युत् सेवा अवरुद्ध भइरहेको छ ।

नेपालसँग सिमा जोडिएका उत्तर प्रदेश, विहार, उत्तराखण्ड राज्यहरु लगायत महाराष्ट्र, झारखण्ड राज्यहरुमा चरम विद्युत् संकट देखिँदा राजस्थान, गुजरात र आन्ध्रप्रदेश राज्यहरुले घोषित रुपमा लोडसेडिङ घोषणा गरेका छन् ।

भारतमा शितलताको लागि प्रयोग हुने विद्युतीय उपकरण एसी फ्रिज, पङ्खा इत्यादीको उपयोगमा भएको वृद्धिका कारण बढेको विद्युतको माग र कोइला अभावका कारण चाहिएको मात्रामा विद्युत् उत्पादन हुन नसक्दा माग र आपूर्तिबीचको सन्तुलन खलबल भएको छ ।

भारतमा अप्रि ल २८ तारिखमा २ लाख ०४ हजार ६५० मेगावाट माग रहेको विद्युत २९ तारिखमा २,०७,१११ मेगावाट सम्म पुगेको थियो अर्थात एकै दिनमा करिब २ हजार ४६१ मेगावाट माग बृद्धी भएको थियो । भारतमा विद्युत उत्पादन ७० प्रतिशत कोइला अर्थात् थर्मल प्लान्टबाट हुने गरेको छ ।

विद्युत् अभावको कारण औद्योगिक क्षेत्र र यससँगै जोडिएको रोजगारीको क्षेत्रलाई समेत नराम्रोसँगले असर गरेको छ भने यही विद्युत संकटलाई मुद्दा बनाएर भारतका विपक्षी दलहरुले सरकारको चर्को आलोचना गरिरहेका छन् ।

भारत विद्युत् संकटको कारण र प्रयासहरु

उच्च गर्मीका कारण ह्वात्तै बढेको विद्युतको माग नै प्रमुख कारण भए पनि करिब १ वर्ष अघिदेखि देखापरेको कोइलाको आभावहरु सहायक कारण हुन् । कोइलाको उत्पादन, ढुवानी र भण्डारणमा सामञ्जस्यता कायम नहुनु, कोइला भण्डारण पछिल्लो ९ वर्षकै सबैभन्दा कम रहनु, झारखण्ड तथा महाराष्ट्र जस्ता राज्यहरुले कोईला कम्पनीलाई समयमै भुक्तानी गर्न नसक्नु, कोइला ढुवानीको लागि पर्याप्त रेल सुविधा उपलब्ध नहुनु जस्ता कारणले विद्युत उत्पादनमा समस्या भइरहेको छ ।

भारतमा हाल उच्च विन्दुमा रहेको गर्मी, आउने मे महिन सम्म रहने देखिएकोले विद्युत अवरोधको यो समस्या केही समयसम्म रहने देखिन्छ । कोइलाको सहज आपूर्तिको लागि भारत सरकारले यात्रु चढ्ने ६५७ वटा रेललाई कोइला ढुवानीको लागि प्रयोग गर्ने निर्णय गरेको छ । सतर्कताका साथ मितव्ययी ढङ्गवाट विद्युत प्रयोग गर्दै विद्युत् पर्याप्त भएका राज्यहरुवाट संकट भएका राज्यहरुमा विद्युत् प्रसारण गर्ने कामहरु भईरहेका छन् ।

नेपाल प्रभाव

नेपालको हालको औसत विद्युतको माग १३८४ मेगावाट रहेकोमा आन्तरिक उत्पादनले ८२५ मेगावाट धानी रहेको छ भने भारतवाट ३६९ मेगावाट विजुली नेपाल आयात भइरहेको छ । यसरी अझै करिब १९० मेगावाट जति विद्युत अपुग देखिएको छ । नेपालसँग सीमा तथा विद्युत प्रसारणलाइन जोडिएका भारतका राज्यहरु विहार, उत्तर प्रदेश, उत्तराखण्ड आफैले विद्युत् संकट भोगिरहेका छन् ।

यो अवस्थामा नेपालले पर्याप्त मात्रामा विद्युत पाउन मुस्किल हुने नै भयो । केही समयअघि कोइला अभावका कारण विद्युत व्यापारमा भएको उतारचढावका कारण नेपालले केही समय महँगो मुल्यमा विद्युत खरिद गर्नु परेको थियो ।

पछि यो समस्यालाई भारतले अधिकतम दररेटको सीमा तोकेर अन्त गरेको थियो । सोही समयमा नेपालका उद्योगहरुमा केही समय विद्युत सेवा अवरुद्ध हुँदा उधोगीहरुले गुनासो समेत गरेका थिए । विश्वमा नै उर्जा संकट साथसाथै आर्थिक संकट पैदा भइरहेको अवस्थामा नेपाल जस्तो विकासोन्मुख मुलुक यस संकटवाट अछुतो रहन सक्ने कुरै भएन ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपालको वर्षायाममा खेर जानेे विद्युत भारतलाई निर्यात गर्न सकिने सम्झौता जस्तो महत्वपूर्ण उपलब्धीलाई मध्यनजर गर्दै विद्यूत आपूर्तिमा रहेको यस समस्या भारतिय पक्षवाट केही समयमै हल हुने साथै हाल नेपालको नदीनालाको वहाबसमेत बढ्दै गइरहेकोले आन्तरिक उत्पादन बढ्ने हुँदा यो समस्या केही समयमै समाधान हुने देखिन्छ ।

उद्योगी व्यवसायहरुले पनि लोडसेडिङ्गको समयमा तिन गुणा महँगो पर्ने डिजेल जेनेरेटरबाट उत्पादित बिजुली प्रयोग गरेको कुरालाई स्मरण गर्दै यो समयमा सरकार, प्राधिकरणलाई सहयोग गर्नुपर्छ भने कोरोना महामारी, आर्थिक संकट र विद्युत अवरोध कारण समस्या भोगेको औद्योगिक क्षेत्रलाई सरकारले भविष्यमा विशेष सहुलियत सुविधा प्रदान गनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?