+
+

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १६:०२

१८ वैशाख, पर्सा । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै ठोरी गाउँपालिका-१ बस्ने ४० वर्षीय शिवशंकर मण्डलको बा.प्र.०३ प ५३०४ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय निरज सुनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल सुनुवारको घरमा त्रिपाल र प्लाष्टिकले छोपी लुकाइ छिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न सुनुवारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?