+
+

उद्योगमा भइरहेको अघाेषित लाेडसेडिङ स्वीकार्य छैन : अध्यक्ष गाेल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १२:३७
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले उद्याेगहरूमा भइरहेकाे अघाेषित लाेडसेडिङ मान्य नहुने बताएका छन् ।

साेमबार महासंघले आयाेजना गरेकाे पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बाेल्दै गाेल्छाले नेपाल विदुयुत् प्राधिकरणले अघाेषित लाेडसेडिङ गरेकाे भन्दै स्वीकार्य नहुने बताएका हुन् ।

‘अघाेषित लाेडसेडिङ उद्याेगहरूलाई  स्विकार्य छैन् । काेराेना महामारीले सिथिल बनेकाे अर्थतन्त्र केही लयमा फर्किन थालेकाे अवस्था थियाे,’ उनले भने, ‘तर पछिल्लो समय यस्ताे लाेडसेडिङले अर्थतन्त्र संकुचन तर्फ धकेलेकाे छ भने व्यवसायीहरूलाई थप समस्या निम्त्याएको छ । उद्याेगीलाई अध्याराेमा राखेर देश उज्यालाे बन्दैन् ।’

निजी क्षेत्रकाे याेगदान कुल अर्थतन्त्रको ७५ प्रतिशत रहेकाे भन्दै सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?