+
+

जापानमा उकेश र टार्जनलाई कांस्य

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १९:४१

१५ बैशाख, काठमाडौं । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।

टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा कांस्य पदक जितेका हुन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरेका थिए ।

२४ देशको सहभागिता रहेको सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि प्रतिस्पर्धा गर्नेछन् । यसैगरी निरज देउवा, चन्द्रबहादुर राना मगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अन्य खेलाडीको पनि आइतबार पदक जित्ने प्रयास गर्नेछन् ।

प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले आइतबार नेपालले स्वर्ण पदक जित्ने बताएका छन् । जापानको ओसाकामा भइरहेको प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?