+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्थापितले मधेसी जनताको आत्मसम्मानमा चोट पुर्‍याए : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १४:२९

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं महानगरका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित मधेसी समुदायप्रति चोट पुर्‍याएको टिप्पणी गरेका छन् ।

चुनावी लाभका लागि मधेसी जनताको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै पौडेलले स्थापितको बोलीप्रति आपत्ति जनाए । स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू मधेसी भन्न नसकेको भन्दै स्थापितले ‘ठग’ को संज्ञा दिएका थिए ।

साम्प्रदायिक घृणा र ध्रुवीकरणको घिन लाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसकेको उल्लेख गर्दै उनले अनलाइनखबरसँग भने,‘महिलामाथि त सार्वजनिक मञ्च मै हिंसा भइरहेको छ ।’ स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको पौडेलले आरोप लगाए ।

हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवादलाई काठमाडौका जनताले अनुमोदन नगर्ने उनले ठोकुवा गरे । ‘हावा गफ त ओलीजी बाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,।’ उनले भने, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर : एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो ।’

एमालेबाट उम्मेदवार बनेका स्थापितको विगतको राजनीतिक इतिहास अस्थिर रहेको समेत उनले बताएका छन् । ‘शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौँको सेवा गरिसक्नु भएको हो,’ उनले भने, ‘त्यतिले नपुगेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?