+
+

सुनसरीमा भन्सार छलीको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १०:१३

२२ वैशाख, काठमाडौं । सुनसरी भन्सार कार्यलयले भन्सार छली ल्याएको ९ लाख १० हजार मूल्यका सामानसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।

चिनी, कपडा, जुत्ता, पानिपुरी, पास्ता र प्रतिबन्धित रेडवुल लगाएतका सामानहरू ल्याउँदै गरेको को२च २७८० नम्बरको पिकअप गाडी कोशि गाउँपालिकास्थित फुलचोक विराटनगर सडकखण्डको   ढलान रोडबाट नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार अधिकृत एवम् कार्यालय प्रमुख परशुराम दाहालको नेतृत्वमा गएको गस्ती  टोलीले लौकही नाकाबाट सामान लोड गरिएको गाडी बुधबार नियन्त्रणमा लिएको हो ।

बुधबार नै मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?