+
+

एभरेष्ट प्रिमियर लिग कात्तिकमा गर्ने प्रस्ताव, क्यानको स्वीकृति बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १६:५०

२२ वैशाख, काठमाडौं । ईपीएल प्रालीले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पाँचौं संस्करण कात्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्ने प्रस्ताव गरेको छ ।

इपीएलकी सुचना तथा जनसम्पर्क अधिकृत स्नेभी चापागाईले जारी गरेको वक्तव्यमा पाँचौं संस्करणको प्रस्तावित मितिबारे जानकारी दिइएको छ । प्रस्तावित मितिमा प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)बाट स्वीकृृत मिल्न बाँकी छ ।

पछिल्लो सिजनहरुजस्तै यस सिजनमा पनि नेपाली त्रिकेटलाई विश्वसामू चिनाउने उद्देश्यका सार्थ इपीएल हुन लागेको वक्तव्यमा उल्लेख छ ।

इपीएलका प्रमुख कार्यकारी अधिकृत अमिर अख्तरले इपीएल नेपाली क्रिकेटको शान र गौरव रहेको जानकारी दिएका छन् । ‘इपीएल नेपालको शान र गौरव हो । इपीएलले नेपाली क्रिकेटको मात्र नभइ नेपाली पयर्टनको लागि पनि महत्वपूर्ण छ ।’

ईपीएलको अघिल्लो संस्करण गत असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?