+
+

पूर्वमन्त्री आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सदर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते २०:१८

२३ वैशाख, काठमाडौं । पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ ।

कांग्रेस सांसद एवं पूर्वमन्त्री आलमलाई थुनामै राखेर मुद्दाको कारवाही अघि बढाउनुपर्ने भनी जिल्ला अदालत रौटहटले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आफूलाई सामान्य तारिख वा धरौटीमा छाड्नुपर्ने भनी आलमले गरेको दावीलाई सर्वोच्चले अस्विकार गरेको हो ।

सर्वोच्च अदालतको यो आदेशसँगै आलम अब जिल्ला अदालत रौतहटमा विचाराधिन ज्यान मुद्दा टुंगो नलागुञ्जेल थुनामै रहनुपर्नेछ । न्यायाधीशहरु सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।

जिल्ला अदालत रौटहटले २९ कार्तिक २०७६ मा बम विस्फोट र त्यसका घाइतेहरुको सामूहिक हत्या गरेको आरोप लागेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्बर आफताव आलमलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो ।

‘तत्काल प्राप्त प्रमाणहरुको अवलोकन र अध्ययनबाट यी प्रतिवादी अहिले नै निर्दोष रहेछन् भन्न सक्ने अवस्था देखिएन’ आदेशमा भनिएको छ, ‘पछि ठहरे बमोजिम हुने हुदा हाललाई पुर्पक्ष थुनामा राख्न कारागार कार्यालय गौर पठाइदिनु ।’

जिल्लाको आदेश विरुद्ध आलमले दिएको निवेदन उच्च अदालतले पनि अस्विकार गरेको थियो । आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा गाँउमा विस्फोट गराएको र त्यसक्रममा मरेकाहरुको शव बेपत्ता पारेको आरोप छ । उनले कतिपय घाईतेहरुलाई ज्यूदै इटाभट्टामा हालेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?