+
+

यो हो अन्तरिक्षमा बनाइएको पहिलो टिकटक (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १३:३३

टिकटकप्रति मानिसहरूको आशक्ति कतैबाट लुकेको छैन । टिकटकर हरुले थरीथरीका भिडियोहरू बनाउन जे पनि गर्न तयार हुन्छन् । तर अहिलेसम्म कुनै पनि टिकटकरले गर्न नसकेको काम समान्था क्रिस्टोफोरेटीले गरेकी छिन् ।

समान्था अन्तरिक्षमा टिकटक बनाउने पहिलो व्यक्ति बनेकी छिन् ।

युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्षयात्री समान्थाले हालै अन्तरिक्षमा पहिलो टिकटक भिडियो बनाएकी छिन् । उनले अन्तरिक्षमा बनाएको टिकटकको ९० सेकेण्डको भिडियो पोस्ट गरेकी छिन् । उनले उक्त क्लिपलाई ट्वीटरमा पनि पोस्ट गरेकी छिन् ।

उक्त टिकटक भिडियोमा उनले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जीवन कस्तो हुन्छ भन्ने देखाएकी छिन् । भिडियोमा उनले ६ महिनाको अन्तरिक्ष मिसनमा आफू स्पेस एक्सको रकेटबाट अन्तरिक्ष स्टेशनमा आएको बताएकी छिन्  ।

उनले आफ्ना खेलौनाहरू पनि देखाएकी छिन् । समान्था युरोपेली स्पेस एजेन्सीको क्रू फोर मिसनकी सदस्य हुन् । सुरुमा उनी क्रू थ्री मिसनको टिममा रहेको र धेरै कुरा सिक्ने कोसिस गरेको उनले उल्लेख गरेकी छिन् ।

भिडियोको अन्त्यमा समान्थाले भनेकी छिन् : जहाँ अहिलेसम्म कुनै पनि टिकटकर पुगेको छैन त्यहाँ जानका लागि मलाई फ्लो गर्नुहोस् ।

अन्तरिक्षमा बनाएको पहिलो टिकटक भिडियोलाई मानिसहरूले निकै मन पराएका छन् । वास्तवमा पृथ्वीमा बस्ने मानिसहरूका लागि अन्तरिक्षयात्रीहरू कसरी काम गर्दछन्, गुरुत्वाकर्षणविना उनीहरूको जीवन अन्तरिक्षमा कस्तो हुन्छ भन्ने कुरा निकै रोचक हुन्छ ।

एजेन्सी

उनले टिकटकमा पोस्ट गरेको आफ्नो पहिलो टिकटक भिडियो –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?