+
+

निर्वाचन आयोगले खटायो १९ अनुगमन टोली, मौन अवधिमा पैसा बाँडे तुरुन्तै कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १९:०२

२७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा टोली अनुगमनमा खटाएको छ । आयोगले तुलनात्मक रुपमा संवेदनशील ठानिएका स्थानमा १९ टोली परिचालन गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्ता टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्तो देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि टोलीले तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउने प्रवक्ता पौडेलले बताए ।

३० वैशाखमा हुने निर्वाचनका लागि मंगलबा राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । राजनीतिक दल वा उम्मेदवारले प्रचार प्रसारका सामग्री राखेको भए हटाउनुपर्ने पनि आयोगले जनाएको छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न पनि नहुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?