+
+

थप ४ जनामा कोरोना संक्रमण, १७३ जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १७:२८

२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

विहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

स्थानीय चुनाव २०७९

छुटाउनुभयो कि ?