+
+
स्थानीय तह निर्वाचन :

पौने १२ बजेसम्म खस्यो करिब ३० प्रतिशत मत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ११:५३

३० वैशाख, काठमाडौं । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११.४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लापूर्वक मत खसिरहेको छ ।

उनका अनुसार केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको उनले बताए ।

उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?