+
+

मतदानपछि १०४ वर्षीया दुर्मती पुनले भनिन् : अब आउने चुनावमा पनि भोट हाल्ने इच्छा छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १५:५०

३० वैशाख, प्यूठान। प्यूठानमा १०४ वर्षीया एक वृद्धाले मतदान गरेकी छन । प्यूठान नगरपालिका-३ मन्द्रेचौर निवासी दुर्मती पुन मगरले शुक्रबार जनक प्रावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

दुर्मतीले छोरा तोनिराम पुन मगरको सहयोगमा लौरो टेक्दै मतदान केन्द्रसम्म आइपुगेकी थिइन् ।

मतदानपछि उनले अब आउने चुनावमा पनि मतदान गर्ने इच्छा रहेको सुनाइन । उनले भनिन,’ यो उमेरमा पनि भोट हाल्न पाएँ, भाग्यमानी हुँ जस्तो लागेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?