+
+

७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ७:०६

३१ वैशाख, काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छैन ।

केही मतदानस्थल (ठाउँ)मा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुन्छ । त्यसैले एक ठाउँमा झडप भएका कारण त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको हो ।

निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।’

अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार, ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जनाएको छ । ‘मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको’ विज्ञप्तिमा भनिएको छ, ‘मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?