+
+

सुर्खेतको पञ्चपुरीमा एमालेलाई कांग्रेसले उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:४७

३१ वैशाख, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा मतगणना जारी छ । वडा नम्बर १ र ११ नम्बरको करिब १२०० मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघि नेकपा एमालेले अग्रता लिए पनि वडा नम्बर ११ को मत गणनामा कांग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्वार लालबहादुर भण्डारीले ४८६ मत प्राप्त गरेका छन् । यस्तै एमालेका धनबहादुर थापाले ४०८ र नेकपा माओवादी केन्द्रका केशवबहादुर शाहीले २३० मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुख पदमा नेपाली कांग्रेसका मुक्तिदेवी रेग्मीले ४७१ र नेकपा एमालेका दुर्गाकुमारी जैशीले ४०२ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?