+
+

हेटौडा उपमहानगरमा फेरि एकीकृत समाजवादीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:३८

३१ वैशाख, हेटौडा । हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले फेरि अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले झिनो अग्रता लिएकी छन् ।

लामाले २८३ मत ल्याएकी छन् । एमालेका उम्मेद्वार अनन्त पौडेलले २७३ मत ल्याएका छन् । राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्याएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेद्वारको अग्रता छ । गठबन्धनका उम्मेद्वार राजेश बानियाँले ४१८, एमालेका उम्मेद्वार सुमित्रा काफ्लेको ३१९ र राप्रपाका इन्दिरा डल्लाकोटीले ६१ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?