+
+

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:०९

१ जेठ, बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् ।

विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेस विजयी

गाउँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ को वडा अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जितबहादुर खत्री र ५ नम्बर वडाको अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?