+
+

धनगढीको मेयरमा हमाललाई ५७९ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:११

१ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतले अग्रता लिएका छन् । २९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् ।

नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१  मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?