+
+

गल्कोटको मेयरमा कांग्रेसका भरत शर्माको जीत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ०:२२

२ जेठ, बाग्लुङ । बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् । आइतबार मध्यरातमा सकिएको मत गणनाअनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शर्माले ५ हजार ४१४ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत पाएकी छन् ।

उपमेयरमा भने माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नीउरले ६ हजार ३९ मत पाउँदा एमालेकी रुपा विकले २०५७ मत पाएकी छन् । स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९८९ मत पाएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?