+
+

अर्घाखाँचीको भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाका थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:५८

३ जेठ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन् ।

थापाले आठ हजार ३२४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले सात हजार ५२४ मत ल्याएका थिए ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले सात हजार ५५८ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ता पौडेलले ६ हजार ८६४ मत ल्याइन् । बन्जाडेले ६९४ मत बढी ल्याएका हुन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट विजयी बनेका रेशम थापा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?