+
+

१८ वर्षपछि सहकार्य : रमेशको फिल्म निर्देशन गर्दै निखिल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:३३

काठमाडौं । दुई एक्सन स्टार निखिल उप्रेती र रमेश उप्रेतीले अठार वर्षपछि एक नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दुबैजनाले मिलेर निर्माण गर्न लागेका हुन् ।

यो अनटाइटल फिल्मलाई निखिलले निर्देशन गर्ने तय भएको छ । ‘हामी दुबैजना मिलेर फिल्म बनाउने टुंगो लागेको छ’ अभिनेता उप्रेतीले मंगलबार अनलाइनखबरसँग भने, ‘दुईजना मिलेर नयाँ स्टाइलले फिल्म बनाउनुपर्ने आवश्यकता देखियो ।’

लेखन तथा निर्देशन निखिलकै रहेनछ । दुबैजनाको प्रमुख भूमिका पनि हुने र नायिका लगायतका अन्य पात्रबारे निधो भैसकेको छैन । ‘सँधैभरि एउटै खालको फिल्म बनाएर पनि हुँदैन’ उप्रेतीले भने, ‘अहिलेका दर्शकलाई रुच्ने खालको नयाँ फिल्म बन्नेछ ।’

अहिले प्रि-प्रोडक्सनमा काम भैरहेको जानकारी उप्रेतीले दिए । यसअघि दुई अभिनेताले सन् २००४ मा रिलिज भएको ‘मायाको जाल’मा सँगै काम गरेका थिए । अहिले स्क्रिप्टलाई पूर्णता दिनेतर्फ आफूहरुले काम गरिरहेको जानकारी उनले दिए ।

पछिल्लो समय रमेश र निखिल दुबैले यो अनटाइटल प्रोजेक्टका लागि काम गरिरहेका छन् । रमेशले पछिल्लोपटक सन् २०१७ मा ‘ऐश्वर्या’मा काम गरेका थिए । यो फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।

निखिलले पछिल्लो पटक सन् २०१९ को फिल्म ‘भिलेन’मा अभिनय गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?