+
+

बालेन शाहलाई १५ हजारभन्दा बढी मत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ६:२९

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ ।

आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?