+
+

बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ७:५७

५ जेठ, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रञ्जितकारले ११ हजार ८३५ मत पाए । राप्रपाका उम्मेदवार रेमण्ड कर्माचार्यले ८७६ मत पाए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले हराइन् । सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ ।

राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?