News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
- नियन्त्रणमा लिइएकामध्ये ३१ पुरुष र ५ महिला छन्, र प्रहरीले केही थान ल्यापटप तथा मोबाइल पनि बरामद गरेको छ।
- शंकास्पद गतिविधिको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा मारेको प्रहरीले जनाएको छ।
१ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेको छ । सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा लिइएको छ ।
चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा हानेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो ।
‘छापा मार्ने क्रममा दुईओटा कोठा शंकास्पद देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग थप अनुसन्धानात्मक टोलीहरू बोलाइएका छौं,’ डीएसपी विष्टले भने ।
३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्व अधिकृत सुनिता थापाले गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयको नेतृत्व डीएसपी रविन विष्टले गरेका थिए ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पाँचखालमा मात्र नभई धुलिखेलको देवीथानमा रहेको गन्तव्य रिसोर्ट, पनौतीस्थित थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका रिसोर्टहरूमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।
प्रतिक्रिया 4