+
+
Shares

अविरल वर्षाका कारण काभ्रेमा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र २ को असोज ९ को मनोनयन र असोज १० को क्षेत्रीय अधिवेशन स्थगित भएको छ।
  • क्षेत्रीय सभापति महेश खरेलले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र अधिवेशन गर्ने केन्द्रीय म्यान्डेटअनुसार कार्यक्रम स्थगित गरिएको बताए।
  • काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अधिवेशनबारे निर्णय गर्न आज पदाधिकारी बैठक बस्दै छ, र ११ गतेसम्म वर्षाको सम्भावना छ।

९ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा कांग्रेसको क्षेत्रीय अधिवेशन स्थगित भएको छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधिसभा क्षेत्र २ काभ्रेपलाञ्चोकले असोज ९ गतेका लागि तोकिएको मनोनयन र असोज १० का लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित भएको हो ।

क्षेत्रीय सभापति महेश खरेलका अनुसार थप केही दिन वर्षा कायम रहने हुँदा सतर्क रहन मौसम विभाग लगायत विभन्न निकायले सूचना जारी गरेको र नेपाली कांग्रेसको केन्द्रीय समितिले समेत मौसमको अवस्था हेरी असोज १३ गतेभित्र गरिसक्ने गरी दिएको म्यान्डेड अनुसार अधिवेशन स्थगित गरिएको बताए । उनले अधिवेशनका लागि अर्को सूचना प्रकाशन गरेर जानकारी दिइने बताए ।

क्षेत्र नम्बर १ को अधिवेशन पनि स्थगित गर्ने तयारी

दुई क्षेत्र रहेको काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अधिवेशन पनि स्थगित गर्ने तयारी छ । त्यसबारे निर्णय गर्न आज बैठक बस्दै छ । क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले अहिले १० बजे बस्ने पदाधिकारीको बैठकले अधिवेशनबारे निर्णय लिने जानकारी दिए ।

उनका अनुसार ११ गतेसम्म नै वर्षाको सम्भावना रहेकोले अधिवेशन स्थगित हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?