+
+

कान्समा ऐश्वर्याको मादकता : ४ महिना लगाएर तयार पारियो पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:११

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक पनि बलिउडको दबदबा देखिएको छ । दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्या राय, हिना खान, हेली शाह, नवाजुद्दिन सिद्दिकी, आर माधवनसहित अन्य भारतीय कलाकारले रेडकार्पेटमा छाए  ।

कान्सको तेस्रो दिन नीला आँखावाली अभिनेत्री ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् ।

ऐश्वर्याको यो कस्ट्युम डिजाइन गर्न ३५ सय घण्टा जति समय लागेको भग म्यागजिनले जनाएको छ । इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने वित्तिकै कान्समा प्रस्तुत गरिएको हो ।

भेनस कलामा आधारित रहेर गुप्ताले ऐश्वर्याका लागि यो डिजाइन तयार पारेका हुन् । तस्बिरमा ऐश्वर्याको सौन्दर्य अझै चामिङ देखिन्छ । दिल्लीका यी डिजाइनरले तयार पारेको पहिरन हालैको म्युजिक भिडियोमा गायिका कार्डी बीले लगाएकी थिइन् ।

कान्सको तेस्रो दिन बलिउड अभिनेत्री पूजा होग्डेले पनि रेडकार्पेट नापेकी थिइन् । कान्समा यसपटक नेपाली अभिनेत्री सुरक्षा पन्त समेत हिंडेकी थिइन् । सुरक्षा अहिले कान्समै छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?