+
+

असारको पहिलो साता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुने

डिजिटल रुपान्तरणका विषयमा कार्यक्रम केन्द्रित हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते २०:०८

काठमाडौं । आईसीटी फाउन्डेशन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फो डेभलपर्स’ आयोजना हुने भएको छ ।

असार ४ र ५ गते होटल सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्ध अन्तर्राष्ट्रिय कम्पनी ‘ह्वावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनी ‘इन्फो डेभलपर्स’ इन एशोसिएसनको रुपमा रहेका छन् । कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ६० बढी वक्ता र ७ सय बढी विशिष्ट व्यत्ति तथा विज्ञहरुको सहभागिता रहने कम्पनीले जनाएको छ ।

डिजिटल रुपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढी महत्वपूर्ण सेसनहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा डिजिटल नेपालको एजेन्डा र अवधारणाहरुमा बृहत छलफल हुनेछ । नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यन्वयनमा लैजान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ ।

कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम ३ प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्दर्भिक बहसहरु सञ्चालन गरिने आायोजक आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए ।

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइने छ भने विद्यार्थीका डिजिटल नेपाल सम्बन्धी क्रिएसनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ ।

विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ ।

डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरिरहेको छ । कोभिड-१९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’कोरुपमा आयोजना भएको हो ।

गण्डकी, लुम्बिनी, मधेस र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेठ पहिलो साता बाँकी ३ प्रदेशमा आयोजना हुनेछ । यस कार्यक्रमबाट प्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाको बारेमा पनि कन्क्लेभमा छलफल हुनेछ । यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दूर सञ्चार प्राधिकरण लगायतका महत्वपूर्ण संस्थाहरुको सहयोग तथा सहकार्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरुमा दूर सञ्चार तथा नवीनतम् प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो । जसले विश्वभरि तीन अर्ब भन्दाबढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ । ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?