+
+

बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाबीच ११३ मतको अन्तर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ९:०३

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।

९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् ।

हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?