+
+

यामाहाको नयाँ मोटरसाइकल आर१५एम नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते २०:०७

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले यामाहाको सुविधा सम्पन्न नयाँ मोटरसाइकल आर१५एम नेपाली बजारमा सोमबारदेखि उपलब्ध गराएको छ । कम्पनीले उक्त मोटरसाइकल गत वैशाख १५-२१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालित “महा एक्सचेञ्ज मेला” को अवसर पारी सार्वजनिक गरेको थियो ।

जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी लञ्च गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार एम र आर-सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौं जेनेरेशन भनिएको यस आर१५एम मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाइएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीए’ जस्ता प्रणालीले आर१५एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेश’ कायम गर्न मद्दत पुर्‍याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड-स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भीभीए’ प्रणालीले भने बाइक न्यून आरपीएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।

आर१५एम १५५ को विशेषताहरूबारे  जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुविधा रहेको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल-नेयू आर१५एम, १५५ सीसी एलसीभी एसओएच्‌सी फ्युल-इन्जेक्टेड (एफआई) इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः  चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लच/ थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले आर१५एमलाई अझ विशेष बनाएको कम्पनीको ठम्याइ रहेको छ । यसले १० हजार आरपीएममा १८.४ एच्‌पी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।

यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले आर१५एमलाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सीईओ राजु क्षेत्रीले बताए ।

एन्ड्रोइड र एप्पल प्रयोग  गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि विभिन्न फंगसनहरु एलसीडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।

हेर्नुहोस् फंगसनहरुःक

– गियर सिफ्ट इन्डिकेटर

– फ्यूल कन्जम्पशन इन्डिकेटर

– सिफ्ट-टाइमिङ्ग लाइट

– भीभीए इन्डिकेटर

– ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर

– मोबाइलफोनको ब्याट्री लेभल

– मेन्टेनेन्स रिकमेण्डेशन

– पार्किङ लोकेशन

– मालफङ्शन नोटिफिकेशन

– रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आर१५एमको मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

आरवान १५ एमको लञ्चसँगै कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ । “रोड टू मोटोजिपी” यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?