
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकका अनुसार टोखा नगरपालिका– ६ स्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका–१ स्थित रानीवन चोकमा शाखा विस्तार गरेको हो ।
यस्तै काठमाडौं महानगरपालिका–१३ स्थित सितापाइला चोक र काठमाडौं महानगरपालिका–९ स्थित पुरानो बानेश्वरमा पनि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4