+
+

काठमाडौंकी उपमेयर डंगोल भन्छिन् – जनताको शासक होइन सेवक बन्न तत्पर छु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:०१

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, ‘एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन । क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?