+
+

व्यासमा फेरि मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १५:२४

१३ जेठ, पोखरा । तनहुँको ब्यास नगरपालिकाको फेरि मतगणना गर्न माग राख्दै मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले हालेको रिटमा उच्च अदालत पोखराले प्रतिवादीहरुसँग कारण मागेको छ ।

उच्च अदालतले पोखराले आज रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो त्यसको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीहरुलाई आदेश दिएको हो ।

व्यास नगरपालिकाको मेयरमा जोशी नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेको १२ हजार ७८ मत आउँदा जोशीको ११ हजार ८२६ मत आएको थियो ।

जोशीले यसअघिको मतगणना बदर गरी दोहो¥याएर मतगणना गरिपाउँ भन्दै उच्च अदालतमा आयोग, न्यौपानेसहित ५ जनलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?