
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाको सिमाना पुनरावलोकन गर्ने नभनिएको प्रष्टीकरण दिएका छन् ।
सरकारले नीति तथा कार्यक्रममा हिमाली जिल्लामा नुन लगायत खाद्यान्न ढुवानीका लागि जिल्ला पुनवरावलोकन गर्ने भनेको थियो । यसलाई प्रमुख विपक्षी नेकपा एमालेले जिल्लाकै सिमाना पुनरावलोकन गर्न खोजिएको हो भनी प्रश्न उठाएको थियो ।
शनिबार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘भौतिक पूर्वाधार विकासका लागि पुनरावलोकन गर्ने भनिएको हो । सिमाना पुनरावलोकन गर्ने भनिएको होइन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4