+
+

द्रुतमार्गका लागि ३० अर्ब बजेट विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:४८

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि आगामी वर्षमा ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् ।

आगामी वर्षका लागि सेनाले ५२ अर्ब बजेट मागेको थियो । ७२.५ किलोमिटर लामो द्रुतमार्गमा यसै वर्षबाट तीनवटा सुरुङमार्ग पनि बनाउन थालिएको छ । महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमि लामो सुरुङमार्ग बनाइनेछ ।

चार लेनको यो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घण्टामा आइपुगिने अनुमान छ ।

डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर कायम गरिएको छ भने तराईमा २७ मिटर हुनेछ । सुरुङमार्गमा ८७ वटा पुल हुनेछ । प्यासेन्जर अण्डरपास १२, ओभरपास एउटा तथा सवारी अण्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।

चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको २१ वैशाख २०७४ मा द्रुतमार्गमा अहिलेसम्म १९ प्रतिशत मात्रै काम भएको छ । सुरुको म्याद गुजारिसकेको सेनाले अझै कति समय लगाउँछ भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?