+
+

भवन अभावले एउटै कोठामा २ वटा कक्षाको पढाइ

रासस रासस
२०८१ वैशाख २५ गते १४:२६
चाङला हिमाल आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि एउटै कक्षामा राखेर ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्वीर : दाने बोहरा/रासस

२५ वैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी पढ्न बाध्य भएका छन् ।

बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा भवन अभाव भएपछि पढाइ पनि प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक राजु लामाले बताए । उनका अनुसार भवन र कोठा अभाव हुँदा २ र ३ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता भएको छ । उनले भने, ‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’

विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेको प्रधानाध्यापक लामाले बताए । उनका अनुसार ४ र ५ का विद्यार्थीले पनि एउटै कोठामा बसेर पढिरहेका छन् ।

विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा ४ र ५ कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए । ‘एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरुलाई पढाएको कुरा बुझ्न समस्या हुन्छ’, उनले भने ।

विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेराले जानकारी दिए । कक्षा १ मा ३३ जना, कक्षा दुईमा ४ जना, कक्षा ३ मा ८, कक्षा चारमा ४ तथा पाँचमा ३ विद्यार्थी अध्ययनरत रहेका उनले बताए ।

बालबिकास कक्षामा ७० विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित ४ स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?