+
+
Shares

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तन सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन

सम्मेलनले अनुसन्धानकर्ता तथा प्राज्ञिक समुदायबीच ज्ञान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १३:५८

१८ असोज, काठमाडौं । कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधि क्षेत्रमा नवीनतम अनुसन्धान, वैज्ञानिक ज्ञान, प्राविधिक नवप्रवर्तन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य सहित ‘कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तन सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ (आईसीआईसीएसईटी २०२६) ललितपुरमा आयोजना भइरहेको छ ।

सम्मेलनलाइ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकूलपति प्रा. डा. जनार्दन लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. डा. प्रेमनारायण अर्याल तथा भारत राँचीस्थित सरला बिरला विश्वविद्यालयका योजना तथा विकास संकायका डिन एवं इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन्स इन्जिनियर्स झारखण्डका अध्यक्ष प्रा. डा. विजयकुमार कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरे ।

सम्मेलनले अनुसन्धानकर्ता तथा प्राज्ञिक समुदायबीच ज्ञान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) को आयोजनामा भइहेको सम्मेलनमा नेपाल सहित भारत, चीन, बेलायत, अमेरिका, फ्रान्स, अस्ट्रेलिया र मलेसिया गरी आठ देशको सहभागिता छ ।

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका विविध क्षेत्रमा भएका अनुसन्धान, नवीनतम उपलब्धि र भविष्यका सम्भावनाबारे विचार आदानप्रदान गर्ने महत्त्वपूर्ण शैक्षिक मञ्चका रूपमा पनि यो सम्मेलनलाई लिइएको छ ।

सम्मेलनमा विभिन्न अनुसन्धानकर्ता तथा प्राज्ञिक क्षेत्रका व्यक्तिबाट प्राप्त ९७ वटा अनुसन्धानपत्र मध्ये ४६ वटा छनोट भएका छन् । तीमध्ये करिब ४७ प्रतिशतमात्र छनोट हुनु सम्मेलनमा अनुसन्धानको गुणस्तर तथा शैक्षिक मापदण्डलाई महत्त्व दिइएको तथ्यका रूपमा प्रस्तुत हुन्छ ।

छनोट भएका अनुसन्धानपत्र सहकर्मी समीक्षा जर्नलमा प्रकाशित गरिनेछन् । साथै, तिनको अनलाइन संस्करण मार्फत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?