काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले आजबाट सुरु नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएकी मगरले खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापा मगरको थुप्रै लोक दोहोरी गीत चर्चित छन् ।
कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात गर्दै अग्रजहरूले देखाएको बाटो पहिल्याउदै युवापुस्ता, महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने उनको संकल्प रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4