+
+

लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १४:०८

१६ जेठ, काठमाडौं । काठमाडौं-२, लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । ‘खसेको जस्तो देखिएको छ, अन्य व्यक्ति भित्र प्रवेश गरेको देखिँदैन’ मैनालीले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

बसोमबार बिहान शव भेटिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरसहितको टोली पनि घटनास्थलमा पुगेको थियो । मृतक पन्तकी श्रीमती र छोरा थाइल्याण्डमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?