+
+

लामो समय उड्ने उत्सवको सपना अधुरो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १४:२०

१६ जेठ, रुकुम । तारा एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने २२ मध्येका एक हुन् उत्सव पोखरेल ।

उनको निधनले रुकुमको चौरजहारी–३ लापुतेगाउँ शोकाकुल छ । भर्खर २५ वर्ष टेकेका उत्सवले फिलिपिन्सको रोयल फ्याई एकेडेमीबाट ग्र्याजुएट गरेर एक वर्षअघि नेपाल फर्केका थिए ।

त्यसलगत्तै तारा एयरमा काम थालेका थिए । ३० अप्रिल २०२१ देखि तारा एयरको जहाज उडाउन थालेका उनले नेपाली आकाशमा लामो समयसम्म उड्ने सपना देखेका थिए ।

उत्सवका दाइ उमेशले पनि फिलिपिन्समा पाइलट पढिरहेका छन् ।

उत्सवले उड्नुअघि आइतबार बिहानै बुवा मणिराम पोखरेलसँग मोवाइलमा कुराकानी गरेका थिए । ‘बुवा म उडानको तयारीमा छु, पोखराबाट जोमसोम’, पोखरेलले छोरासँगको त्यो अन्तिम संवाद साथीहरुलाई सुनाएका थिए ।

नलगाड नगरपालिकाको शिक्षा शाखामा स्रोत व्यक्ति रहेका मणिरामले कार्यालय नपुग्दै छोराले उडाएको विमान वेपत्ता भएको खबर सुने ।

उत्सवकी आमा उषा दाङमा शिक्षिका छिन् । छोराले उडाएको जहाज वेपत्ता भएको खबर सुनेपछि दुवै जना आइतबारराति नै काठमाडौं पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?