+
+

मिस नेपालको प्रतिस्पर्धामा ६ जना डाक्टर सुन्दरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १३:००
मिस नेपालका प्रतिस्पर्धी यशस्वी श्रेष्ठ, मेरिका बाँस्तोला र आयुशनोभा ढुंगाना

काठमाडौं । मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् ।

मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए ।

अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् ।

उनीहरुलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । ‘यो समावेशिताले हामीलाई खुसी तुल्याएको छ । सम्मानित पेशाबाट युवतीको प्रतिस्पर्धाले पेजेन्टलाई राम्रो हुने हुने विश्वास छ,’ राजकर्णिकारले अनलाइनखबरलाई भने ।

मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावरीमा हुँदैछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

मिस नेपालकी प्रतिस्पर्धी सरिषा श्रेष्ठ
मिस नेपालकी प्रतिस्पर्धी दिलाशा डोटेल
मिस नेपालकी प्रतिस्पर्धी गंगा गुरुङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?