News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल दीपमाला ढकालले रसुवाको धुन्चेमा पुगेर भोेटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेकी छन् ।
- उनले धुन्चेमा ३ दिन बिताएर ४ ट्रक लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल र ओछ्यान मिल्ने सामग्री बाँडेकी हुन् ।
- यसअघि उनले नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पनि राहत बाँडेकी थिइन् ।
काठमाडौं । मिस नेपाल दीपमाला ढकालले रसुवाको धुन्चेमा पुगेर भोेटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेकी छन् । गैरआवासीय नेपाली संघकी पदाधिकारी समेत रहेकी उनी धुन्चेमा छिन् ।
यसअघि उनले नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पनि राहत बाँडेकी थिइन् । मिस वल्र्डको फिनालेमा लुना लुइँटेललाई समर्थन गर्न भियतनाम पुगेकी उनी त्यहाँबाट फर्किए लगत्तै राहत बाँड्न धुन्चे पुगेकी हुन् ।
धुन्चेमा ३ दिन बिताएकी उनले प्रभावितलाई ४ ट्रक लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल र ओछ्यान मिल्ने विभिन्न सामग्री बाँडेकी हुन् । उनले त्यहाँबाट पठाएका तस्वीरमा प्रभावित बालबालिका र समुदायसँग अन्तक्रिया गरेको देख्न सकिन्छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4