+
+

सम्बन्ध विस्तार गर्न नेपाल र माल्दिभ्सका बीमा नियमनकारी निकायबीच सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १५:२०

१९ जेठ, काठमाडौं । नेपाल र माल्दिभ्सका बीमा क्षेत्रका नियमनकारी निकाय आपसी सम्बन्ध प्रगाढ बनाउन सहमत भएका छन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच यस्तो सहमति भएको हो ।

माल्दिभ्सको बैंक, धितोपत्र बजारसहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा बुधबार द्विपक्षीय भेटवार्ता भएको थियो ।

भेटमा बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन स्तरीय बीमा नियमनकारी निकायहरूको संगठनलाई पुनः सक्रिय बनाउन प्रस्ताव रोखका थिए । उक्त प्रस्तावमा माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मक प्रस्ताव रहेको बताए । उनले उक्त फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको समितिले जनाएको छ । भेटवार्ता कै क्रममा अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के कस्तो व्यवस्था छ भन्नेबारे जिज्ञासा राखेका थिए ।

माल्दिभ्सको प्राधिकरणका अध्यक्ष हासिमले विदेशी बीमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्नसक्ने व्यवस्था रहेको जानकारी गराएको समितिले जनाएको छ ।

अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?