+
+

बजेटपछि साताभर नै सेयर बजार ओरालो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १५:३१

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो ।

शुक्रबार उपसमूह राताम्य हुँदा सबैभन्दा धेरै नीर्जिवन बीमा र व्यापार उपसमूहका लगानीकर्ताले गुमाए । शुक्रबार २२६ कम्पनीको २६ हजार ६९३ वटा कारोबाटबाट ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भयो । यसबाट कुल १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दा बलेफी हाइड्रो पावरको ९.९८ प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घट्दा मुल्य ९१८.१० रुपैयाँमा झरेको छ । उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ । शुक्रबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?