+
+

संसारकै धनी गाउँ, जहाँ हरेकको वार्षिक आम्दानी सा करोड छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १५:५७

२२ जेठ, काठमाडौं । गाउँ भन्ने बित्तिकै सहरको तुलनामा भौतिक सुख सुविधाहरु कम भएको, मानिसहरुको आय तथा क्रय शक्ति कम भएको विकास हुन नसकेको क्षेत्र भनेर बुझ्ने चलन छ हामीकहाँ ।

तर यो दुनियामा एउटा यस्तो गाउँ छ जुन सहरभन्दा सम्वृद्ध तथा हाइटेक मात्र छैन त्यहाँका मानिसहरुको आम्दानी सहरी बासिन्दाको तुलनामा निकै धेरै छ । यो गाउँलाई संसारकै सबैभन्दा धनी गाउँको नामले पनि चिनिन्छ ।

संसारकै सबैभन्दा धनी गाउँ हाम्रै छिमेकी मुलुक चीनमा रहेको छ । यो गाउँका मानिसहरुको वार्षिक औषत आम्दानी करीब १ करोड ३० लाख रुपैयाँ बराबर छ ।

हुआझी नामको यो गाउँ कृषिप्रधान गाउँ हो । यहाँका मानिसहरुको मुख्य पेशा खेतीपाती नै हो । अधिकांस मानिसहरु कृषिमा निर्भर छन् । तर कृषिमा संलग्न हुनुुका बाबजुत पनि यो गाउँका मानिसहरुको जिवनशैली सहरका मानिसहरुको भन्दा पनि उन्नत छ ।

चीनको जियाङयिन सहर नजिकै रहेको यो गाउँका सबै मानिस धनाढ्य छन् । गाउँका सबै मानिससँग पक्की घर, महंगा गाडी तथा सबैखाले सुखसुविधा छन् । गाउँका सबै सडक पक्की छन् । ढल निकासको व्यवस्था पनि सहरको भन्दा कम छैन ।

सन् १९६१ म स्थापना भएको यो गाउँ त्यसबेला निकै गरीब थियो । कृषिको अवस्था पनि राम्रो थिएन । त्यसपछि गाउँमा कम्युनिष्ट पार्टीको संगठन स्थापना भयो । संगठनका अध्यक्ष उ रेनवाओले गाउँको चित्र नै बदलिदिए ।

गाउँका मानिसहरुले अलग अलग खेती गर्नुको साटो समूहमा खेती गर्न सुरु गरे । सामूहिक खेतीकै कारण त्यहाँका मानिसहरुको भविष्य यसरी बदलियो कि सबै मानिस करोडपति बनेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?