+
+

डिसहोमले १५ सहरमा ‘रोड शो’ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १८:२३

काठमाडौं । डिसहोमले देशका विभिन्न १५ सहरमा टी२० र यूरो २०२४ प्रतियोगितालाई लक्षित रोड शो आयोजना गर्ने भएको छ ।

२५ वैशाख साँझ धरान बसपार्कबाट सुरु भएको रेडियो अन व्हिल २६ वैशाखमा इटहरी, २७ वैशाखमा दमक, २८ वैशाखमा विर्तामोड, २९ वैशाखमा विराटनगर, ३० वैशाखमा जनकपुर, ३१ वैशाखमा वीरगञ्ज, १ जेठमा हेटौंडा, २ जेठमा नारायगढ, ४ जेठमा बुटवल, ६ जेठमा धनगढी, ८ जेठमा सुर्खेत, ९ जेठमा नेपालगञ्ज, ११ जेठमा पोखरा र १४ जेठमा काठमाडौंमा आयोजना भएर समापन हुनेछ ।

रेडियो अन- व्हील्स रोड शो कार्यक्रमसँगको सहकार्यमा डिसहोमले पनि आफ्नो सेवा-सुविधा प्रचार-प्रसार गर्ने छ ।

कार्यक्रममा गायक शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टिका प्रसाईं, सुमन कार्की लगायतका कलाकारहरूको प्रस्तुति रहने डिसहोमले जनाएको छ ।

कार्यक्रममा महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बूले भने प्रस्तोताको भूमिका निर्वाह गर्नेछन् ।

कार्यक्रममा सहभागीहरूले विभिन्न खेलमा सहभागी भई पुरस्कार समेत जित्न सक्ने छन् ।

कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?