+
+

आगामी तीन दिन देशभर हल्का वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १८:४८

२५ वैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर हल्कादेखि मध्यमखालको वर्षा हुने जनाएको छ ।

यतिबेला पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार अहिले बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको भनाइ छ । भोलि पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै तराईका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहीबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?