+
+

भारतका दुई शैक्षिक संस्थासँग केयूको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १९:४०

२२ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले भारतको हैदरावादस्थित दुई शैक्षिक संस्थासँग अध्यापन र अनुसन्धानमा सहकार्य सम्झौता गरेको छ ।

भारतीय प्रौद्योगिक संस्थान (आईआईटी) र अन्र्तराष्ट्रिय सूचना प्रौद्योगिक संस्थान (आईआईटी)सँग मेडिकल टेक्नोलोजी विषयमा अध्यापन र अनुसन्धान सहकार्यको सम्झौता गरेको हो । अर्थमन्त्री जनार्दन शर्मा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा गत बिहिबार सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसरमा पनि केयूले दुई देशका प्रधानमन्त्रीको रोहवरमा मद्रासस्थित आईआईटीसँग उर्जा विज्ञान विषयमा एमई कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको थियो ।

१५८ विदेशीसहित एक हजार ७ सय विद्यार्थी दीक्षित

विश्वविद्यालयले गत शुक्रबार दोस्रो चरणको दीक्षान्त समारोह सम्पन्न गरेको छ । २०२१ सम्म अन्डरग्रयाजुएट, ग्रयाजुएट, एमफिल र विद्यावारिधी गर्नेहरु विद्यार्थीहरुलाई दीक्षित गरिएको केयूले जनाएको छ ।

दीक्षान्त समारोहमा कला, विज्ञान, इन्जिनियरिङ, मेडिकल साइन्स, शिक्षा तथा व्यवस्थापन संकायका भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अ‍ेस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी १० देशका १५८ जना विदेशी सहित एक हजार ७ सय विद्यार्थीहरुलाई दीक्षित गरिएको केयूले जनाएको छ ।

पहिलो चरण गत मंसिर २९ गते एक हजार ४४९ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । केयूबाट हालसम्म ३८ हजार ३३९ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?