+
+

मोबाइल, ल्यापटप लुटपाट गरेको आरोपमा नयाँ बानेश्वरबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १६:५८

२३ जेठ, काठमाडौं । प्रहरीले मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा दुई जनालाई  नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेगाङ गाउँपालिका-५ घर भई हाल काठमाडौंको महाबौद्ध बस्‍ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका-४ घर भई हाल काठमाडौंको बागबजार बस्‍ने २८ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्‍न मोडलका ९ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप कारबाहीका लागि प्रहरी वृत बानेश्वर पठाइएको प्रहरी परीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?