+
+

आईजीपी बढुवामा असन्तुष्ट पोखरेलले फेरि मागे विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १५:४३

२५ जेठ, काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले एक महिनाका लागि लिएको विदा सकिएको छ ।

तर उनले फेरि आफूलाई १० दिन विदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएका छन् ।

आफ्ना एकजना सहयोगीमार्फत पोखरेलले विदाका लागि निवेदन दिएका हुन् । सरकारले आफूभन्दा कनिष्ठ एआईजी सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उनी १८ वैशाखदेखि एक महिनाका लागि विदा बसेका थिए ।

अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिनका लागि विदा लिएका थिए । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उनी काममा फर्किएका थिए ।

पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए । सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पुजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

पोखरेलले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्, तर उनको पक्षमा अन्तरिम आदेश भएन । अदालतले उनको पक्षमा आदेश नदिए पोखरेलले २० साउनदेखि अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?