+
+

नेपाल र भारतबीचको फिजिकल्ली च्यालेन्ज क्रिकेट शृंखला २७ जेठदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १७:३१

२५ जेठ, काठमाडौं । ह्विलचियर क्रिकेट संघ नेपालको आयोजनामा नेपाल र भारतबीचको टी-२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज्ड क्रिकेट शृंखला २७ जेठदेखि सुरु हुने भएको छ ।

ह्विलचियर क्रिकेट संघले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल र भारतबीच अपाङ्गता भएका व्यक्तिको क्रिकेट शृंखला गर्ने जानकारी गराएको हो ।

नेपाल र भारतबीच तीन खेलको शृंखला मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल २७,२८ र २९ जेठमा हुनेछ ।

संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाका अनुसार मौसमले साथ दिएमा अन्तिम दिन विशेष किसिमको क्रिकेट समेत हुने छ ।

प्रतियोगिताको टेक्निक प्रमुख तथा राष्ट्रिय अम्पायर समेत रहेका रविन्द्र गुप्ताले दौडन नसक्ने व्यक्तिका लागि एक्स्ट्रा रनर राख्ने बाहेक अरु सबै आईसीसीकै नियम अनुसार खेलाइने बताए ।

गुप्ताले दुई देशबीच स्टयान्डिङ क्रिकेट खेलिन लागेको बताए ।

‘एक महिनादेखि हामीले यस शृंखलाका लागि तयारी गरिरहेका छौँ । यसका लागि अनुमानित २२ लाख बजेट लाग्नेछ’, गुप्ताले भने, ‘हाम्रो लक्ष्य भनेको नेपालमा स्ट्यान्डिङ क्रिकेटको विश्वकप गराउने हो । त्यसका लागि तयारी भइरहेको छ । २०२३ मा गर्ने टार्गेट हो मिति तय छैन । ८ टिम हुन्छ । अन्तर्राष्ट्रियस्तरबाट आग्रह गरेपछि हामीले पनि विश्वकप गर्ने सोच बनाएका हौँ ।’

स्ट्यान्डिङ टोलीका कप्तान रामप्रसाद खरेलले घरेलु मैदानमा खेल्नका लागि उत्साहित रहेको बताए । ‘भारतसँग यो हाम्रो पाँचौ भेट हुनेछ । अहिलेसम्म जितेको छैन । भारत राम्रो टोली हो । उनीहरुले लामो समयदेखि खेल्दै आएका छन् । हामीले २०१७ देखि सुरु गरेका हौँ । जित्छौँ भनेर भन्दा पनि हामी राम्रो खेल्छौँ’, उनले भने ।

खरेलले बंगलादेशमा भएको चारदेशीय शृंखलापछि यस खेलले चर्चा पाएको र अहिले धेरै नयाँ खेलाडीहरु बताए । ‘यस पटक टिममा आधा जति नयाँ खेलाडी हुन्छन् । अब नयाँ खेलाडी ल्याएर क्षमता विकास गर्नुपर्छ‘, उनले भने ।

उनले बंगलादेशमा खेल्दा आफू र टिमको भिडियो भाइरल भएपछि धेरै खेलाडी सम्पर्कमा आएको र त्यसपछि विभिन्न चरणमा खेलाडी छनोट गरिएको बताए ।

नेपालले यसअघि सन् २०१९ मा भारतसँग डीएभी स्कुलमा पहिलो पटक स्ट्यान्डिङ क्रिकेट खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?